राजनीति

जसपाले लगाएन ह्विप, डा भट्टराईले भने, ‘ओलीलाई बिश्वाशको मत नदिऔं’

२६ बैसाख, काठमाडौं । जसपा नेताहरु उपेन्द्र यादव र डा बाबुराम भट्टराईले सोमबार हुने भनिएको प्रधानमन्त्री केपी शर्मँ ओलीले बिश्वासको मत लिने प्रतिनिधि सभा निर्बाचनमा बिश्वासको मतको बिपक्षमा मतदान गर्ने भएका छन् ।
आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरेका अर्का नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोले भने आफूहरु कसैलाई पनि मतदान नगरि तटस्थ बस्ने बताएका थिए ।
जसपाको अपरान्ह सकिएको बैठकमा जसपाले पक्षमा वा बिपक्षमा मतदान गर्ने भन्ने मत बाझिएपछि जसपाले आफ्ना साँसदहरुलाई विवेकले निर्णय गर्न भन्दै ह्विप जारी नगर्ने निर्णय गरेको छ ।
अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीको बिश्वासको मतलाई अबिश्वास गर्न आग्रह गर्दै उक्त निर्णय भएको कुरा बताएका छन् । डा भट्टराईले ट्वीटमा भनेका छन्, ‘जसपाको पदाधिकारी बैठकले पार्टी एकता कायम राख्दै ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरेको छ। सबैले आआफ्नो विवेक प्रयोग गरेर प्रतिगमनको केन्द्र बनेको ओली सरकारलाई विदा गर्न, देशलाई अग्रगामी निकास दिन र जसपालाई देशको वैकल्पिक शक्तिको रूपमा विकास गर्न योगदान गरौं!’