राजनीति

कसैको उक्साहटमा लागेर एमालेलाई बर्बाद नगर्न प्रधानमन्त्रीको एमाले साँसदहरुलाई आग्रह

२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको ब्यक्तीगत स्वार्थमा लागेर बिश्वासको मत नदिने, सामूहीक राजीनामा गराउने, आफ्नो राजनीतिक जीवन नै धरापमा राखेर केही नेताहरु एमाले समाप्त पार्न लागेका हुँदा त्यातातिर एमालेका साँसदहरु लाग्न नहुने बताएका छन् ।
प्रधानमन्त्री ओलीले एक बिज्ञप्ती निकाल्दै एमालेले निर्बाचनमा जनतालाई के उत्तर दिने ? भनेर प्रश्नसमेत सोधेका छन् । उनले सकैको उक्साहटमा नलागी पार्टीहीतको निर्णय गर्न एमाले साँसदहरुलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले भनेका छन्, ‘कुनै पनि तहमा पार्टीका सरकारलाई ढालीछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि आज देखा परेका छन् । यी प्रवृत्ति कुनै पनि हिसाबले उपयुक्त होइनन् र यी हानीकारक छन् ।‘कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इर्ष्या छन् । यस आन्दोलनलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम वा त्यसको सिकार बनाउनु हुँदैन आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोरक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्नेजस्ता हानीकारक प्रयास भएका छन् ।’