पु.समाचार

आफ्ना साँसदहरुलाई प्रधानमन्त्रीका पक्षमा मतदान गर्न एमालेको ह्विप

२६ वैशाख, काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक बिशाल भट्टराईले सोमबार दिउँसो १ बजे हुने भनिएको प्रतिनिधि सभा बैठकमा भाग लिई प्रधानमन्त्री केपी शर्मँ ओलीको पक्षमा बिश्वासको मत दिन ह्विप जारी गरेका छन् ।
उनले एक बिज्ञप्ती जारी गर्दै नेकपा एमालेका साँसदहरुलाई प्रधानमन्त्रीका पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् । एमो बरिष्ठ नेता माधव नेपाल–झलनाथ खनाल समूहले भने आफूहरुले साँसदबाट राजीनामा दिनुको बिकल्प नभएको बताईरहेको छ ।