सूचना प्रविधि

एनसेल नयाँ योजनाः हरेक दिन स्मार्टफोन जित्ने सकिने

२६ वैशाख, काठमाडौं । एनसेलका ग्राहकले अब यूनाइटेड अरब एमिरेट्स (यूएई) बाट आउने कलमा हरेक दिन स्मार्टफोन जित्ने मौका पाउनेछन् । एनसेल आजियाटा लिमिटेडले यो आकर्षक योजना मंगलबार (वैशाख २८) देखि लागु हुने घोषणा गरेको छ ।

इदको अवसरमा ल्याइएको यो योजना सुचारु भएको दिन देखि ७दिनको लागि संचालनमा रहनेछ । यस आकर्षक योजनाअन्तर्गत यूएईबाट धेरै भन्दा धेरै आगमनकलमा कुरा गर्नुहुने ग्राहकले हरेक दिन सामसुङ्ग ग्यालेक्सी एट्वान्टी स्मार्टफोन जित्न सक्नेछन् ।

यूएईमा रहेका ‘डू’ मोबाइल सेवाप्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्तवा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै स्मार्टफोन जित्ने मौका पाउनेछन् । कोरोना भाइरसको दोस्रो लहरले सिर्जना गरेको यो विषम परिस्थितीमा यो योजनाले एनसेलको नेटवर्क मार्फत सञ्चार सेवामाखर्च नगरी विदेशमा रहेका परिवारका सदस्यतथा साथीभाइसँग सम्पर्कमा रही रहन मद्दत गर्दछ ।
यो योजनाअन्तर्गत, यूएईबाट सबै भन्दा धेरै आगमनकलप्राप्त गर्ने एक ग्राहकले हरेक दिन एक सामसुङ्ग ग्यालेक्सी एट्वान्टी स्मार्टफोन जित्न सफलहुनेछन् । ७ दिनको अवधिमा७ जना ग्राहकले स्मार्टफोन जित्नेछन् । ग्राहकले उठाएको आगमनकुल संख्या, औषतकल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा स्मार्टफोन विजयी ग्राहकको नाम घोषणा गरिनेछ ।
विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यलय एनसेल आइकन, लैनचौर र काठमाडौं बाहिर अवस्थितएनसेल सेन्टरबाट ग्राहकको सुविधाअनुसार स्मार्टफोन हस्तान्तरण गरिनेछ । हाललागु भएको निषेधाज्ञा हटेको एक हप्ता पछि विजयी ग्राहकले आफुले जितेको स्मार्टफोन लिन सक्नेछन् ।
स्मार्टफोन जित्ने मौकाको साथ साथै एनसेलकाग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमनकलमा कुरा गर्दा ग्राहकले रु २० सम्मबोनस पनिप्राप्त गर्नेछन् । ग्राहकहरुले १७१२६ डायलगरि सजिलै यो सेवानिःशुल्क सुचारु गर्न सक्छन् । विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेटे बोनस पाउँछन् ।
यसरी प्राप्तबोनस ३ दिनको लागिमान्यहुनेछ । ग्राहकले उक्तबोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् ।