आर्थिक

नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने

२६ बैसाख, काठमाडौं । नेपाल चेम्बर अफकमर्सले कोभिड–१९(कोरोना)बाटसिर्जित स्वास्थ्य सम्वेदनशीलतालाई मध्यनजर गर्दै एम्बुलेन्स सेवाउपलब्ध गराउने भएको छ । आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान सात बजे देखि साँझ सात बजे सम्मएम्बुलेन्स सेवाउपलब्धहुने चेम्बरले जनाएको छ ।
कोभिड–१९ का कारण गम्भीर बिरामीहरु अस्पतालसम्म पुग्न कठिनाई भइरहेका बेला नेपाल चेम्बरले छत्रपाटी चिकित्सालयसँगको सहकार्यमाएम्बुलेन्स सेवाउपलब्ध गराएको हो । हाललाई काठमाण्डौं उपत्यकाभित्रका अस्पताल जानु पर्ने बिरामीहरुले एम्बुलेन्स सेवालिन सक्ने छन् । एम्बुलेन्स सेवाप्रयोगका लागि उल्लेखित समयमा नेपाल चेम्बर अफकमर्सको फोन नं. ०१५३३०९४७वा छत्रपाटी चिकित्सालयको मोवाईल नं. ९८५१२१६०३९मा सम्पर्क राख्न सकिने छ ।