पु.समाचार

मुख्यमन्त्री पोख्रेलबिरुद्ध दोस्रोपटक दर्ता भयो अबिश्वासको प्रस्ताव

२६ बैसाख लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलबिरुद्धमा पुनः अश्विासको प्रस्ताव दर्ता भएको छ । आज माओवादी केन्द्र, नेपाल कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनको ४० जना प्रदेश सँसदहरुको हस्ताक्षरले मुख्यमन्त्री पोख्रेलबिरुद्धमा अबिबश्वासको प्रस्ताव दर्ता भएको हो ।
नयाँ मुख्यमन्त्रीका रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गर्दै मुख्यमन्त्री पोख्रेलबिरुद्धमा अबिश्वासको प्रस्ताव दर्ता गरिएको छ । यसभन्दा अगाडी अल्पमत पुगेका भनिएका मुख्यमन्त्री पोख्रेलले आफ्नो पक्षमा बहुमत भएको दाबी गर्दै सपथ खाएका थिए ।