बाग्मती

सबैलाई खाली सिलिण्डर उपलब्ध गराई जीवन बचाउन नेता केसीको अपिल

२६ बैसाख काठमाडौं । नेपाली काँग्रेस नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले खाली सिलिण्डर उपलब्ध गराई मानिसको जीबन बचाउन लागिपर्न सबैलाई अपील गरेका छन् ।
उनले बिज्ञप्ती नै जारी गर्दै भनेका छन्, ‘सवै अस्पतालमा अहिले अक्सिजन सिलिन्डरको हाहाकार छ ,यस पहिले उपचारको क्रममा अधिकांस ब्यक्तिले अक्सिजन सिलिन्डर घर घरमा लगेका थिय , घरमा भएका श्वास प्रश्वास सम्वन्धि रोगीको लागी प्रायको घरमा अक्सिजन सिलिण्डर एउटा कुनामा थन्केर वसेको पाइयो , जुन यो महामारीमा आवश्यक छ । साथै स्वास्थ्य सस्था बाहेक अन्यत्र ग्रिल उध्योग, इट्टा भट्टा, क्रशर, मोटर ग्यारेज अधिकांस ठाउमा यो प्रयोग हुन्छ । ढुवानिको हिसाबले १र२ वटा मात्र लग्दा खर्चिलो हुनेभयकोले दर्जनौ सिलिन्डर लगेका हुन्छन ती उध्योग बन्द छ, जिल्ला अस्पताल वा सम्बन्धित निकायलाइ पछि फिर्ता हुनेगरी हाललाइ सहयोग गरौ महामारीमा तपाइको घर उध्योग कलकारखानामा खाली बसेको यो सिलिन्डरले कसैले नया जीवन दान पाउनेछन !’
उनले सम्पर्क गर्न आग्रह गर्दै भनेका छन्, ‘तपसिलका साथीहरुलाई सम्पर्क गरी आ आफ्नो घरको अक्सिजन सिलिण्डर हस्तान्तरण गर्न समस्त नुवाकोटवासी दिदिवहिनी, दाजुभाइलाई हार्दिक अपिल गर्दछु । सम्पर्कः गर्ने साथिहरु, कृष्ण रिजाल–९८४१६९७२६६, नमराज सुवेदी –९८६०५१२८४३, उपेन्द्र मिश्र–९८४१७८९८१६ रहेका छन् ।