सामाजिक सञ्जाल

ओली सरकार कमिसनकै पछाडी दौडियो : नेता गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद धनराज गुरुङले सरकारमा पुग्नेहरुले ५/७ वटा प्रविधियुक्त सरकारी हस्पिटल बनाउने योजना कहिल्यै ल्याउन नसकेको टिप्पणी गरेका छन्। नेता गुरुङले सरकार कमिसनकै पछि दौडिएको सांसदहरुले पनि निर्वाचन क्षेत्र विकास कोषकै लागि मरिहत्ते गरिरहेको टिप्पणी गरेका छन्।

नेता गुरुङले सामाजिक संजालमा लेखेका छन्, “सरकारमा पुग्नेहरुले ५/७ वटा प्रविधियुक्त सरकारी हस्पिटल बनाउने योजना कहिल्यै ल्याएनन्। कमिसनकै पछि दौडिए। सांसदहरुले पनि निर्वाचन क्षेत्र विकास कोषकै लागि मरिहत्ते गरिरहे! आज महामारीमा सिमित सरकारी हस्पिटलहरुमा बेड छैनन्। निजीमा गरीबले शुल्क तिर्न सक्दैनन्। नालायक शासकहरुको देश!”