राजनीति

नीति विपरित बोलाईएको संबैधानिक परिषद बैठक तत्काल रोक्न डा कोईरालाको आग्रह

२५ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य डा शेखर कोईरालाले आईतबार हुने भनिएको संबैधानिक परिषद बैठकको निर्णयवाट हुने नियुक्ति स्वीकार नगर्न समेत सबैमा आग्रह आग्रह गरेका छन् ।
डा कोईरालाले वैसाख २६ गतेका लागि बोलाइएको संवैधानिक परिषदको बैठक विधि र नीति विपरित भएको भन्दै रोक्न प्रधानमन्त्री ज्यूलाई आग्रह गर्दै यदी नरोकिएमा सो बैठकमा भाग नलिन अरु सदस्यहरुमा आग्रह गरेका छन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि औपचारिक रुपमा असंबैधानिक हिसावले बोलाईएको भन्दै आईतबारको संबैधानिक पपिरषदको बैठकमा आफु उपस्थित नहुने र अन्य सदस्यलाई पनि उक्त बैठकमा उपस्थित नहुन सार्बजनिक अपील गरिसकेका छन् ।
डा कोईरालाको ट्वीटः वैसाख २६ गतेका लागि बोलाइएको संवैधानिक परिषदको बैठक विधि र नीति विपरित भएकोले रोक्न प्रधानमन्त्री ज्यूलाई आग्रह गर्दै यदी नरोकिएमा सो बैठकमा भाग नलिन अरु सदस्यहरुमा आग्रह गर्न चाहान्छु ।
बैठक भएमा त्यो बैंठकको निर्णयवाट हुने नियुक्ति स्वीकार नगर्न समेत सबैमा आग्रह गर्दछु ।