पु.समाचार

अपरान्ह ५ बजेका लागि बोलाए प्रधानमन्त्रीले आकश्मिक मन्त्रीपरिषद बैठक

२५ बैसाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजेका लागि मन्त्रीपरिषद बैठक बोलाएका छन् । हप्तामा दुई पटक सोमबार र बिहीबार मन्त्रीपरिषद बैठक बोलाउने चलन भएपनि बिशेष परिस्थिति श्रृजना भएका कारण आज मन्त्री परिषद बैठक डाकेको बताईएको छ ।
२७ गते प्रधानमन्त्रीले बिश्वासको मत लिने दिन आएकोले उनको सकृयता पछिल्ला दिनमा ह्वात्तै बढेको छ । उनले आईतबार बिहान ९ बजेका लागि संबैधानिक परिषद बैठक बोलाएका छन्।