पु.समाचार

१०० जनासहित प्रधानमन्त्री ओलीले दिए स्वाब

२४ बैसाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । पिसिआर टेष्टका लागि प्रधानमन्त्री निवास बालुवाटारमा स्वाब सङ्कलन गरिएको हो ।
उनीसँगै उनका स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित सय जनाभन्दा बढीको स्वाब सङ्कलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । संसद्मा विश्वासको मत लिने प्रयोजनका लागि यही वैशाख २७ गते विशेष अधिवेशन आह्वान गरिएका सिलसिलामा सांसदको पिसिआर टेष्ट गरिँदै आएको छ ।