पु.समाचार

२४ घण्टामा कोरोनाबाट ५० को मृत्यु, थपीए ९ हजार १९६ जना संक्रमित

२४ बैसाख, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाईरसको संक्रमणका कारण ५० जनाको निधन भएको छ । यसंसँगसंगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या ३५ सय ७९ पुगेको छ ।
आज कोरोना संक्रमितहरु नेपालमा ९ हजार १९६ जना थपीएका छन् । यसै समयमा निको भएकाहरु २९ सय ५ जना रहेका छन् । तीन लाख ७७ हजार ६०३ जनामा नेपालमा अहिलेसम्म कोरोना संक्रमण पुष्टी भईसकेको छ ।