आर्थिक

जनरल इन्स्योरेन्सको साधारणसभा स्थगित

२४ बैसाख, काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाललिमिटेडकोतेस्रो वार्षिक साधारण सभा स्थगित भएको छ ।
कम्पनीको २०७८ वैशाख२४गते अपरान्ह २ः३० बसे बसेको संचालक समितिको ४२औं बैठकको निर्णयले हाल संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको र नेपाल सरकारले सबै प्रकारका सभा,सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, खेलकुद, पुस्तकालय आदि संचालनगर्न नपाइने र १५ जनाभन्दा बढी भेला नहुन निर्देशनजारी गरेको व्यवस्थालाई मध्यनजर राख्दै साधारण सभा स्थगित गरिएको जनाएको छ ।
कम्पनीले २०७८ बैशाख२६ गतेकादिन साधारण सभा आह्वान गरेको थियो ।
कम्पनीलेअर्को सुचनाजारी नभए सम्मको लागि स्थगित गरिएको ब्यहोरा सम्पुर्ण शेयरधनीहरुलाई जानकारी गराएको छ ।
बार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्वगर्ने संचालकहरुको निर्वाचन कार्यक्रम रहेको हुँदानिर्वाचन समितिले प्रकाशित गरेको निर्वाचन कार्यक्रम बमोजिम उम्मेदवारी दर्ता भएसम्मको निर्वाचन प्रक्रियालाई यथावत राखी बाँकी रहेको निर्वाचन सम्वन्धित मतदान कार्यक्रम समेत स्थगितगरिएको कम्पनीले जनाएको छ । विशम परिस्थितिमा विशेष सावधानी अपनाउन र सजक रहनको लागि सबैमा कम्पनीले आग्रह समेत गरेको छ ।