राजनीति

खोप नल्याउने ब्यापारी र कमिशन नपुग्ने नेता दुबै अपराधीलाई कारबाही गर्ने आंट गरौंः अध्यक्ष थापा

२३ बैसाख, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले कोोना महामारीको खोप ल्याउन ब्यापारीमात्र नभएर राजनीतिक नेतृत्वले पनि कमिशन नपाएर ल्याउन रोकिएको बताएका छन् । उनले ट्वीट गर्दै उक्त खोप नल्याउनेहरु अपराधी भएको भन्दै अपराधीलाई कार्वाही गर्ने आंट गर्नुहोस् भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
अध्यक्ष थापाले कोरोना महामारीबाट अकालमा जनताले ज्यान गुमाउनु परिरहेको बेला कमिशन विवादले खोप ल्याउने कार्य अवरुद्ध हुनु दुर्भाग्य भएको बताएका छन् । उनले पारीले कमिशन मागेर मात्र होईन, त्यो कमिशनमा राजनीतिक नेतृत्वले आफ्नो पनि भाग खोजेको हुंदा खोप नआएको चर्चा भएको बताएका छन् ।

अध्यक्ष थापाको ट्वीटः कोरोना महामारीबाट अकालमा जनताले ज्यान गुमाउनु परिरहेको बेला कमिशन विवादले खोप ल्याउने कार्य अवरुद्ध हुनु दुर्भाग्य हो। व्यापारीले कमिशन मागेर मात्र होईन, त्यो कमिशनमा राजनीतिक नेतृत्वले आफ्नो पनि भाग खोजेको हुंदा खोप नआएको चर्चा छ। अपराधीलाई कार्वाही गर्ने आंट गर्नुहोस् @kpsharmaoli