मनोरञ्जन

लोकप्रीय गायक प्रेमध्वज प्रधानको निधन

२३ बैसाख, काठमाडौं । बरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहीबार सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा भना गरिएका उनलाई कोरोना संक्रमणको आशंका गरिए पनि कोरोना भने नेगेटिभ आएको थियो । ‘घुम्तीमा नआउ है’ ‘पर लैजाउ फुलहरु’, ‘नमान लाज यस्तरी’ लगायतका दर्जनौ चर्चित गीतहरु बजारमा लयाएका उनको ८५ बर्षको उमेरमा आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
स्व प्रधानका दुई छोराहरु अमेरिकामा रहेका छन् ।