राजनीति

डा संग्रौलाको प्रतिकृयाः ओली सरकार जनताप्रती अझैपनि उत्तरदायि बन्न सकेन

२३ बैसाख, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एबम् साँसद डा डिला संग्रौलाले शक्ति, स्वार्थ र आफ्नो कुर्सी बचाउन जुनसुकै हर्कत गर्न पछि नपरी यस्तो महामारिको स्थितिमा पनि खोप खरिदगर्न ३५ करोड कमिसनको खेलमा चुर्लुम्ब डुबेको समाचार सम्प्रेसणले सरकारको असली अनुहार नेपाली जनता समक्ष उदाङिएको बताएकी छन् ।
उनले भनिन्, ‘सरकार जनता प्रती उत्तरदायित्व बन्न सकेन। अब नेपाली जनता स्वयं सचेत र सजग रहन आबस्यक छ।जनताको सामुहिक प्रयासले मात्र सरकारलाई दबाब दिई बड्दो महामारिलाइ न्यूनीकरण र नियन्त्रण गर्न समर्थबान हुन सक्दछौ।यो बेला हामी सबै बाच्न र बचाउन तर्फ अग्रसर होऔ।स्वार्थ लिप्सामा रुमलिएको सरकारलाई करेक्सन गरौं।’
डा संग्रौलाले आज मुलुकमा कोरोनाको दोश्रो संक्रमण तिब्र बनेसगै बिमारिले बेड, अक्सिजन र आबस्यक स्वास्थ्य परामर्श समेत नपाइरहेको अबस्था एबम बिमारिले उपचार नपाइ तड्पी तड्पी मर्नु परेको दर्दनाक स्थितिमा रहदा पनि नेपाली जनताको अबिभावक बनेको सरकार गैह्र जिममेवार बनेको बताएकी छन् ।

डा संग्रौला भन्छिन्, ‘आज मुलुकमा कोरोनाको दोश्रो संक्रमण तिब्र बनेसगै बिमारिले बेड, अक्सिजन र आबस्यक स्वास्थ्य परामर्श समेत नपाइरहेको अबस्था एबम बिमारिले उपचार नपाइ तड्पी तड्पी मर्नु परेको दर्दनाक स्थितिमा रहदा पनि नेपाली जनताको अबिभावक बनेको सरकार भने शक्ति, स्वार्थ र आफ्नो कुर्सी बचाउन जुनसुकै हर्कत गर्न पछि नपरी यस्तो महामारिको स्थितिमा पनि खोप खरिदगर्न ३५ करोड कमिसनको खेलमा चुर्लुम्ब डुबेको समाचार सन्प्रेसणले सरकारको असली अनुहार नेपाली जनता समक्ष उदाङिएको छ।सरकार जनता प्रती उत्तरदायित्व बन्न सकेन। अब नेपाली जनता स्वयं सचेत र सजग रहन आबस्यक छ।जनताको सामुहिक प्रयासले मात्र सरकारलाई दबाब दिई बड्दो महामारिलाइ न्यूनीकरण र नियन्त्रण गर्न समर्थबान हुन सक्दछौ।यो बेला हामी सबै बाच्न र बचाउन तर्फ अग्रसर होऔ।स्वार्थ लिप्सामा रुमलिएको सरकारलाई करेक्सन गरौं।’