राजनीति

डा कोईराला आक्रोशितः महामारीको कहालिलाग्दो समयमा जनतामाथि यति ठुलो धोका ?

२३ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईरालाले कमिसन नमिलेकै कारण प्रधानमन्त्री केपी ओली निकट व्यावसायीहरु बिजय दुगड र ऋतु वैद्यले कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको भन्दै महामारीको कहालिलाग्दो समयमा जनतामाथि यति ठुलो धोका ? भन्दै प्रश्न गरेका छन् । उनले आक्रोशित हुँदै भनेका छन्, ‘पहिलो चरणको महामारीका समयमा ठुलो आर्थिक चलखेल गरी प्रधानमन्त्री निकट ओम्नी समुहलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको थियो। देश र जनता कोरोना संक्रमणको महामारीमा रहेको समयमा स्वयं प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यावसायीहरुले जनस्वास्थ्य माथि गरेको यति ठुलो अपराध र बेइमानी कदापि क्षम्य हुन सक्दैन।’ उनले यसको सबै जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ र समय आएपछि जनताले यसको हिसाब गर्नेछन् भनेका छन् ।

डा कोईरालाको टीवीः कमिसन नमिलेकै कारण प्रधानमन्त्री केपी ओली निकट व्यावसायीहरु बिजय दुगड र ऋतु वैद्यले कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको छ। महामारीको कहालिलाग्दो समयमा जनतामाथि यति ठुलो धोका ?
पहिलो चरणको महामारीका समयमा ठुलो आर्थिक चलखेल गरी प्रधानमन्त्री निकट ओम्नी समुहलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको थियो। देश र जनता कोरोना संक्रमणको महामारीमा रहेको समयमा स्वयं प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यावसायीहरुले जनस्वास्थ्य माथि गरेको यति ठुलो अपराध र बेइमानी कदापि क्षम्य हुन सक्दैन। यसको सबै जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ र समय आएपछि जनताले यसको हिसाब गर्नेछन्।