राजनीति

ओली, नेपाल र खनाललाई शान्ता चौधरीले गरिन् यस्तो आग्रह

काठमाडौँ । नेकपा एमालेकी नेत्री शान्ता चौधरीले आफ्नो पार्टीका नेतामा भएको इगोको मारमा देश र जनता पर्न नहुने बताएकी छन्। चौधरीले पार्टीलाई बर्बाद गर्न पनि नहुने र आफ्नो नमिल्ने अरुसँग उठबस, सहकार्य र गठबन्धन गर्ने यो कुनै हालतमा नसुहाउने बताएकी छन् ।

सामाजिक संजालमा एक स्टाटस चौधरीले भनेकी छन् “मिलन बिन्दु खोजौं , पार्टी मिलाउँ । यो लडाईं इगोको हो । हाम्रो पार्टीका नेतामा भएको इगोको मारमा देश र जनता पर्न हुँदैन र पार्टीलाई बर्बाद गर्न पनि हुँदैन । आफ्नो नमिल्ने अरुसँग उठबस , सहकार्य र गठबन्धन गर्ने यो कुनै हालतमा सुहाएन कमरेडहरु ।”