पु.समाचार

कोरोना संक्रमित ३५ वर्षीय युवकले गरे झुण्डिएर आत्महत्या

चितवन । कोरोना संक्रमित एक युवकले झुण्डिएर आत्महत्या गरेका छन् । स्रोतका अनुसार माडी नगरपालिका वडा नं. ३ बगैचा टोलका ३५ वरषीय युवकले गएराति घर पछाडिको गोठमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

गोठमा आइसोलेनसमा रहेका उनलाई भान्जीको बिहेमा सहभागी भएर १३ गते माडी फर्किएका उनमा तीन दिन अगाडि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।