राजनीति

खोप खरीदमा आक्रोशित हुँदै धनराजको गर्जन, ‘जनताको रगत चुस्ने परजीवीहरुको रजगज कहिलेसम्म?’

२२ बैशाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले कमिशनको खेलले कोरोना बिरुद्धको खोप रोकिनु अत्यन्तै लज्जास्पद भएको टिप्पणी गरेका छन् । उनले जिटुजी खरिदमा बिचौलिया कसरी घुसाइयो प्रधानमन्त्रीज्यु् ? अनि तिनै बिचौलियाहरुको अगाडि प्रमको निरीहता किन? भनेर प्रश्न गदै उक्त कडा टिप्पणी गरेका हुन् । महामारीको बेलामा कहिले स्वास्थ्य सामाग्री खरिदमा कमिशन कहिले खोप खरिदमा भन्दै जनताको रगत चुस्ने परजीवीहरुको रजगज कहिलेसम्म? भन्ने अर्को प्रश्न तेस्र्याएका छन् ।

उनको ट्वीटः कमिशनको खेलले कोरोना बिरुद्धको खोप रोकिनु अत्यन्तै लज्जास्पद१ जिटुजी खरिदमा बिचौलिया कसरी घुसाइयो प्रधानमन्त्रीज्यु् ? अनि तिनै बिचौलियाहरुको अगाडि प्रमको निरीहता किन? महामारीको बेलामा कहिले स्वास्थ्य सामाग्री खरिदमा कमिशन कहिले खोप खरिदमा!
जनताको रगत चुस्ने परजीवीहरुको रजगज कहिलेसम्म?