राजनीति

संसद छलेर अध्यादेश जारी गर्नु अराजनीतिक, संविधानको मर्म विपरितः गगन

२१ वैशाख, काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले अध्यादेश फिर्ता गरी संसदको आगामी सत्रमा विधेयकका रूपमा पेश गर्न माग गरेका छन् । उनले आज ल्याएका ७ अध्यादेशको बारोमा विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्रीले संसद छलेर अध्यादेश जारी गर्नु अराजनीतिक छ, संविधानको मर्म विपरित भएको बताएका छन्।युवा नेता थापाले राष्ट्रपतिज्यू, खड्गप्रसाद ओलीको असभ्य राजनीतिक चरित्रको मतियार हुनु हाम्रो लोकतन्त्रको दुर्भाग्य भएके विचार ब्यक्त गरेका छन् ।
उनको स्टाटस्ः विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्रीले संसद छलेर अध्यादेश जारी गर्नु अराजनीतिक छ,संविधानको मर्म विपरित छ।राष्ट्रपतिज्यू, खड्गप्रसाद ओलीको असभ्य राजनीतिक चरित्रको मतियार हुनु हाम्रो लोकतन्त्रको दुर्भाग्य हो।अध्यादेश फिर्ता गरी संसदको आगामी सत्रमा विधेयकका रूपमा पेश गरियोस्।