पु.समाचार

मानविय समबेदनामा असर पर्ने तस्विरहरु नछाप्न प्रेश काउन्शीलको आग्रह

२१ बैसाख, काठमाडौं । प्रेस काउन्सिल नेपालको अपिलले कोरोनाबाट सङक्रमित र मृत्यु भएका ब्यक्तिको पहिचान खुल्ने तस्बिर, वैयक्तिक विवरण एवं मृतकको सामुहिक दाहसंस्कारका तस्बिरहरु विभिन्न सञ्चारमाध्यम र सामाजिक संजालमा पोस्ट भएका घटना प्रती प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको भन्दै संबेदनशील हुन आग्रह गरेको छ ।
मौलिक हक प्रतिकुल हुने, मानविय समबेदना खल्बलिने, प्रभाबित ब्यक्रीलाई थप पीँडा पुग्ने, संक्रमित ब्यक्तीको आत्मबलमा असर गरि क्षति पुग्नसक्ने हुँदा पत्रकार, सामाजिक सञ्जालकर्ता, आम सञ्चार तथा सञ्चारमाद्यमलाई जिम्मेवार भई प्रकाशित गर्न आग्रह गरेको छ ।