आर्थिक

सानिमा बैंकद्वारा अन्तरिक्ष प्रतिष्ठान नेपालका टोलीलाई छात्रवृत्ति प्रदानदान

२१ बैसाख, काठमाडौं । सानिमा बैंकले अन्तरिक्ष प्रतिष्ठान नेपाललाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । नेपालको विद्यार्थीहरुबाट नेपालमै निर्मित पहिलो स्याटलाइट NepaliSat-2 अन्तरिक्षमा प्रक्षेपण गर्ने उद्देश्यका साथअन्तरिक्ष प्रतिष्ठान नेपालले सरकारी (नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान) र गैरसरकारी संस्थासँगको सहकार्यमा नेपालका विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सो सम्बन्धीतालिमतथा ज्ञान उपलब्ध गराउँदै आइरहेको छ । सो टोलीलाई नेपालकापहिलो अन्तरिक्ष NepaliSat-2 को निर्माण/प्रक्षेपण टोलीकाप्रोजेक्ट म्यानेजर डा. आभास मास्केले “ड्रिम प्रोजेक्टको” रुपमा नेतृत्वगर्दै आएका छन् । कक्षा१० देखि १२ सम्म सरकारी तथानिजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सन् २०२३ सम्म“NepaliSat-2 विद्यालय”नामक स्याटलाइट निमार्णकालागि एउटा टिम निर्माण गर्नेछन् ।
जस अन्तर्गत बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत NepaliSat-2 मा संलग्नदुई जनालाई अन्तरिक्ष निर्माण/प्रक्षेपणका विषयमा तालिम र प्रशिक्षणका लागि सहयोग स्वरुप छात्रवृत्तिको प्रदान गरेको छ ।
देशभित्र विज्ञान तथा प्रविधिको अन्वेषण तथा विकासको लागि सहयोग स्वरुप अन्तरिक्ष प्रतिष्ठान नेपालका संस्थापक डा.आभास मास्केलाई सो रकम उपलब्ध गराइएको छ । अन्तरिक्ष प्रतिष्ठान नेपालले सन् २०५० सम्म नेपालको तर्फबाट अन्तरिक्षमा मानव प्रक्षेपण गर्ने लक्ष्य लिएको संस्थापकडा. मास्केले बताए ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले काठमाडौं उपत्यका बाहिरका विपन्न तथा योग्य विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । सानिमा बैंकको देशभर ८६ शाखाहरु, १७विस्तारित काउन्टर र ९६ एटिएम रहेका छन् ।