पु.समाचार

१० दिन क्वारेन्टिनमा बसेपछिमात्र काठमाडौँ छाड्न पाइने नियम

२१ बैसाख, काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरेको आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० दिन क्वारेन्टिनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने पाइने भएको छ ।
यसअघि सरकारले उपत्यका आउने व्यक्तिलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्ने भनेको थियो ।