राजनीति

सरकारले अध्यादेशबाट शासन चलाउने कार्यशैलीबाट ल्याएको भन्दै काँग्रेस आक्रोशित

२१ बैसाख, काठमाडौं । नेपाली काँग्रेसले संसद छलेर ल्याएका ७ अध्यादेशको बिरोध गरेको छ । आज राष्ट्पिति बिद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी) पहिलो संशोधन, यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने, औषधि (तेस्रो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन) तथा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ अध्यादेश ल्याउने प्रकृयामा काँग्रेसले कडा आपत्ति जनाएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले आफैंले हस्ताक्षर गरि राष्ट्रपति भण्डारीले गलत भएको भन्दै अध्यादेशमार्mत शासन चलाउने सरकारको कार्यशैलीको काँग्रेसले घोर निन्दा र बिरोध गरेको छ ।