राजनीति

लोकबहादुर…सांसद भएको भए सायद उनी बिरामी नभए पनि आइसियुमा हुने थिए: धनराज

२१ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले धनुषाका लोक ब. परियारको निधनमा गम्भीरता देखाएका छन् । नेता गुरुगंले निमुखा जनता हस्पिटल चहार्दै सडकमै मृत्यु बरण गर्न बाध्य छन् भन्दै धनुषाका लोक ब. परियार त प्रतिनिधि घट्ना मात्रै भएको बताएका छन् ।
उनले ट्वीट गर्दै लोकबहादुर सांसद भएको भए सायद उनी बिरामी नभए पनि आइसियुमा हुने थिए भन्दै यस्तो दर्दनाक अवस्थामा पनि सरकार बिश्वासको मतको खेतीपातीमा लागेको बताएका छन् । सरकारलाई निमुखा लोकबहादुरहरुको बारेमा केको सरोकार? भन्दै भावनात्मक प्रश्न सोधेका छन् ।
उनको ट्वीटः निमुखा जनता हस्पिटल चहार्दै सडकमै मृत्यु बरण गर्न बाद्य छन्। धनुषाका लोक ब. परियार त प्रतिनिधि घट्ना मात्रै हो। तर सरकारलाई निमुखा लोकबहादुरहरुको बारेमा केको सरोकार? सरकार त विस्वासको मतको खेतीपातीमा लागेको छ। लोकबहादुर सांसद भएको भए सायद उनी बिरामी नभए पनि आइसियुमा हुने थिए!