पु.समाचार

म पुर्णतः स्वस्थ छु, मेरो स्वस्थप्रति चिन्ता लिनुहुने सबैलाई धन्यबादः बरिष्ठ नेता पौडेल

२१ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पूर्णतः ठीक रहेको जानकारी दिएका छन् । सामान्य पेट दुखेका कारण आराम गरेका पौडेलको स्वास्थ्य अवस्थाको बारेमा भईरहेका अनेकन टिकाटिप्पणीमा स्पष्ट गर्दै सोमबार सामान्य पेट दुखेको कारण आराम गरेको भएपनि आजबाट पुरा ठीक भईसकेको बताएका छन् ।
बरिष्ठ नेता पौडेलले स्वास्थ्यको बारेमा चिन्ता गर्ने सबैलाई धन्यबादसमेत दिएका छन् ।
नेता पौडेलले भनेका छन्, हिजो मेरो पेटमा सामान्य समस्या आएर आराम गरेको थिए । अहिले म पुर्ण रुपमा स्वस्थ छु । मेरो स्वास्थ्यको चिन्ता गरेर स्वास्थ्य लाभ को कामना गर्नु हुने सम्पुर्ण शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।