सामाजिक सञ्जाल

अध्यक्ष थापाको सल्लाहः जे मन लाग्यो उही गर्ने प्रदेश संरचना खारेज गर्नु उचित हुन्छ

२० बैसाख, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले राजनीतिक स्वार्थ र दाउपेचमा प्रयोगगर्ने उदेश्य राखि प्रदेशप्रमुख जस्तो गरीमामय संवैधानिक पदमा रहेका व्यक्तिलाई जतिबेला मनलाग्यो हटाउने र राख्ने सरकारको काम गलत र संविधानको भावना विपरित भएको बताएका छन् ।
अध्यक्ष थापाले यो कार्य स्वेच्छाचारी र सर्वसत्तावादको द्योतक भएको भन्दै यस्तो काम गर्नुभन्दा संघियता खारेजगर्नु बेस भनेका छन् । आज प्रदेश प्रमुख हटाएका घटनालाई जोडेर प्रादेशिक संरचना खारेज गर्नुपर्ने विचार अध्यक्ष थापाले राखेका हुन् ।
अध्ययक्ष थापाको ट्वीटः राजनीतिक स्वार्थ र दाउपेचमा प्रयोगगर्ने उदेश्य राखि प्रदेशप्रमुख जस्तो गरीमामय संवैधानिक पदमा रहेका व्यक्तिलाई जतिबेला मनलाग्यो हटाउने र राख्ने सरकारको काम गलत र संविधानको भावना विपरित छ। यो कार्य स्वेच्छाचारी र सर्वसत्तावादको द्योतक हो। यस्तो काम गर्नुभन्दा संघियता खारेज गर्नु बेस