पु.समाचार

निशेधाज्ञाका कारण कोही पनि भोकै बस्नुपर्दैनः प्रधानमन्त्री ओली

२० वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा सब्बोधन गर्दै भने, सरकार नागरिकको जीवन रक्षा पहिलो दायीत्व हो । प्रधानमन्त्री ओलीले स्थानीय तह, प्रदेश र संघ मिलेर कोरोना नियन्त्रणमा भूमिका खेल्ने बताए । प्रधानमन्त्रीले स्थल मार्गबाट नेपाल प्रवेश बन्द गरिएको उनले बताएका छन् ।
प्रधानमन्त्रीले नेपाल आउने सबैलाई परीक्षणपछिमात्र प्रवेश दिने ब्यवस्था गरेको बताएका छन् । सरकारी कार्यालयमा एक चौथाई कर्मचारीबाट काम चलाउन सुरु, ठूला सरकारी तथा निजी अस्पताललाई कोरोना अस्पताल बनाउने, होटलहरुलाई क्वारेन्टाईन तथा होल्डिङ सेन्टर बनाउने बताए । अस्पतालले शैया लुकाएको जानकारी भए, लिक्विडमा कालोबजारी गर्नेलाई कारबाही गर्ने बताए ।
उनले कोरोना संक्रमणमा संलग्न सबैलाई ५० प्रतिशत जोखिम भत्ता, बीमालगायतको सुबिधा दिएको बताए । उनले सम्बोधनमा लकडाउनका कारण भौकै हुन नदिने दृढता ब्यक्त गरेका छन् । उनले कोरोना संक्रमणबाट बच्ने मापदण्ड अपनाउन आग्रह गर्दै आतंकित नहुन आग्रह गरे। प्रधानमन्त्रीले अग्रपंक्तीमा खटिने सबैलाई आफ्नो कर्तब्य निर्बाह गर्दा बिचलित नहुन आग्रह गर्दै सरकार सहकार्य गरेर अगाडी बढ्न तयार रहेको बताए ।