पु.समाचार

काँग्रेसले बोलायो अपरान्हलाई देउवा निवासमा पदाधिकारी बैठक

२० बैसाख, काठमाडौं। नेपाली काँग्रेसले आज दिउँसो २ बजे सभापति शेरबहदुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ बैसाखमा बिश्वासको मत लिने भनेपछि त्यस बिषयमा आगामी काँग्रैस रणनीति तयार पार्न बैठक बोलाईएको सभापति निकट स्रोतले बताएको छ ।
राष्ट्रपति बिद्यादेबी भण्डारीले २७ गतेका लागि संसद अधिवेशन आह्वान गरिसकेको अवस्थामा प्रधानमन्त्रीले हिजोमात्र बिश्वासको मत लिने निर्णय गरेका थिए । काँग्रेसलाई लुम्बिनी प्रदेशमा भएको पछिल्लो घटना र प्रधानमन्त्रीले बिश्वासको मत लिने कुरामा फेल गराउनेलगायतमा राजनीतिक चुनौती थपीको छ । यसै चुनँैतीको सामना गर्दै प्रधानमन्त्रीबाट ओलीलाई हटाउँदै काँग्रेसले नयाँ सरकारको नेतृत्व गर्ने वातावरण बनाउन लागि परिरहेको अवस्था छ ।