सामाजिक सञ्जाल

कोरोना पुष्टीपछि बिश्वप्रकाशले भावुक हुँदै भने, ‘लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ’

२० बैसाख, काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टी भएको छ । स्टार स्पताल सानेपामा गरिएको कोभिड टेष्टबाट पोजेटिभ देखिएको प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उनले आफू अहिले होम आईसोलेशनमा नै रहेको बताउँदै लक्षणले च्यापेको भएपनि उच्च मनोवलका साथ डाक्टरको सल्लाहअनुसार औषधि सेवन सुरु गरेको बताएका छन् ।

जानकारी दिँदै उनले भनेका छन्ः ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी  Star Hospital पुगेर स्वाब दिएं । बिहानिपख रिपोर्ट आयो-पोजेटिभ ।
टेकुझका डा मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु । डेरामै आइसोलेसनमा छु । लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ ।
सबैलाई विनम्र आग्रह छ । सजग बनौं !