राजनीति

एमालेको बलमिच्याइँ/जबर्जस्ती/संविधानमाथिको नग्न प्रदर्शन कांग्रेसलाई कदापि अस्विकार्य: डा कोईराला

२० बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईरालाले गैरसंवैधानिक र गैरराजनीतिक तरिकाले लुम्बिनी प्रदेशमा अल्पमतमा रहेका शंकर पोखरेललाई जसरी मुख्यमन्त्रीको सपथ गराईयो यसले एमाले जसरी पनि सत्ता कब्जाको उद्देश्यमा रहेको स्पष्ट भएको बताएका छन् । डा कोईरालाले ट्वीट गर्दै एमालेको बलमिच्याइँ, जबर्जस्ती र संविधानमाथिको नग्न प्रदर्शन कांग्रेसलाई कदापि स्विकार्य हुनै सक्दैन भनेका छन् ।
आईतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल अल्पमतमा भएको भएपनि राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको आडमा पाएको नियुक्ती र लिएको सपथको सर्बत्र आलोचना भईरहेका बेला डा कोईरालाले एमालेसरकारमाथी कडा प्रहार गरेका छन् ।

डा कोईरालाको ट्वीटः गैरसंवैधानिक र गैरराजनीतिक तरिकाले लुम्बिनी प्रदेशमा अल्पमतमा रहेका शंकर पोखरेललाई जसरी मुख्यमन्त्रीको सपथ गराईयो यसले एमाले जसरी पनि सत्ता कब्जाको उद्देश्यमा रहेको स्पष्ट पारेको छ। एमालेको बलमिच्याइँ, जबर्जस्ती र संविधानमाथिको नग्न प्रदर्शन कांग्रेसलाई कदापि स्विकार्य हुनै सक्दैन।