प्रदेश 1

बिराटनगर महानगरको पहलमा डा कोईरालाले भित्र्याए दर्जनौं बौद्धिक ब्यक्तीत्वहरु काँग्रेसमा

२० बैसाख, काठमाडौं । नेपाली कांग्रेस विराटनगर महानगर समितिको पहलमा विराटनगरका विद्वान व्यक्तित्वहरू आईतबार नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य तथा प्रभावशाली नेता आदरणीय शेखर कोइरालाको प्रमुख आतिथ्यतामा प्याप्सन मोरङका पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य बासुदेव न्यौपाने ,एन प्याप्सन मोरङका निवर्तमान अध्यक्ष एवम प्रमुख सल्लाहकार राजनकुमार छराहांङ ,एन प्याप्सन कोषाध्यक्ष इन्द्र नारायण साह,मनकामना सेकेन्डरी स्कुलका सस्थापक प्रिन्सिपल ओमकार आचार्य, ग्लोबल अग्रेजी स्कुलका रामचन्द्र पंडित ,स्वस्तिक वचत तथा सहकारी सस्थाका प्रमुख श्रवण कुमार माझी,विवेकशिल साझा पार्टीका राजेश कर्ण सहितका विराटनगरका विद्वत व्यक्तित्वहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

डा कोईरालाले माला लगाएर स्वागत गरेका बिराटनगरका दर्जनौं बौद्धिक ब्यक्तीत्वहरुलाई प्रजातान्त्रिक, लोकतान्त्रिक मूल्य मान्यताका साथ अगाडी बढ्ने प्रेरणा प्राप्त होस् भन्ने कामनाका साथ शुभकामना बिराटनगर महानगरका मेयर तथा नेपाली काँग्रेसका युवा नेता भीम पराजुलीले दिएका थिए ।
कोरोना संक्रमणको माहामारीको समयमा काँग्रेसका प्रभावशाली नेता डा शेखर कोईराला बिराटनगर र आसपासका जनताको समस्या बुझ्न गृहनगरमै रहेका छन् ।