सामाजिक सञ्जाल

नारायणहिटी सरेर म्युजियममा राखिएको श्रीपेच निकालेर लगाए हुन्न र महाराज ?- नेता गुरुगं

२० बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले संबिधान कुल्चेरै शासन गर्ने भए बालुवाटारबाट नारायणहिटी सरेर म्युजियममा राखिएको श्रीपेच पनि निकालेर लगाए हुन्न र महाराज ? भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथी प्रश्न गरेका छन् । आईतबार लुम्बिनी प्रदेशमा अल्पमतमा रहेका शंकर पोख्रेललाई सपथ खुवाएको घटनाबारे टिप्पणी गर्दै नेता गुरुगंले आक्रो पोखेका हुन् । उनले केन्द्रदेखि प्रदेशसम्म सत्ताकै लागि पटकपटक संबिधान किन कुल्चिने ? भन्दै अर्को गम्भीर प्रश्न थपेका छन् । नेता गुरुगंले लुम्बिनी प्रदेशमा घटाइएको घट्नाले महाराजको शीरमा श्रीपेच लगाउन मात्रै बाँकी देखियो भन्ने प्रधानमन्त्रीप्रति टिप्पणी गरेका छन् ।

उनको ट्वीटः संबिधान कुल्चेरै शासन गर्ने भए बालुवाटारबाट नारायणहिटी सरेर म्युजियममा राखिएको श्रीपेच पनि निकालेर लगाए हुन्न र महाराज ? अन्यथा केन्द्रदेखि प्रदेशसम्म सत्ताकै लागि पटकपटक संबिधान किन कुल्चिने ? लुम्बिनी प्रदेशमा घटाइएको घट्नाले महाराजको शीरमा श्रीपेच लगाउन मात्रै बाँकी देखियो त!