आर्थिक

यूनाइटेड इन्स्योरेन्समा पौडेल बनिन् पहिलो महिला प्रमुख कार्यकारी अधिकृत

१९ बैसाख, काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार वर्षका लागी उपासना पौैडेललाई नियुक्त गरिएकोछ । उनको नियुक्ति संगै उनी बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत भएकी छन् भने अर्को तर्फ हाल सम्मकै कम उमेर अर्थात ३४ वर्षको उमेरमा उक्त गरिमामय पदमा बहाल हुन सफल भएकी छन् । विगत एक दशक भन्दा बढि कार्यानुभव भएको तथा छिमेकी मुलुक भारतको दिल्ली विश्वविद्यालयको Faculty of Management Studies बाट एम.बि.ए सम्मको अध्ययन पुरा गरेकी उनले भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गरेकी हुन् । उनी यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. मा निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिईन् । उनको कार्य सम्पादन प्रति सन्तुष्ट कम्पनीले उहाँलाई प्रम्ख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।