राजनीति

बहुमतप्राप्त प्रधानमन्त्री ओलीले किन लिँदैछन् बिश्वासको मत ?

१९ बैसाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफूले बिश्वासको मत लिने बताएका छन् । उनले आज बसेको मन्त्री परिषद बैठकमा आफूले संसदमा बिश्वासको मत लिने स्पष्ट गरेका हुन् । माओबादी केन्द्रले औपचारिक रुपमा नेकपा एमालेका अध्यक्ष केपप् शर्मा ओलीलाई दिएको समर्थन फिर्ता दिएको छैन ।
अर्कोतर्फ माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले आफूहरुले केपी ओलीलाई माओबादी केन्द्रको हैशियतमा समर्थन नै नगरेको हुँदा आफूहरुले अबिश्वासको प्रस्ताव दर्ता नगर्ने बरु ओलीले आफैं बिश्वासको मत लिनुपर्ने सार्बजनिक कार्यक्रममा बताएका थिए ।
प्रधानमन्त्री ओलीले किन बिश्वासको मत लिने भने त्यो उनलाई नै थाहा होला तर राजनीतिकबृतमा प्रधानमन्त्री ओलीसँग बहुमत भएको बिश्लेषण गरिएको छ । प्रचण्डले भनेकै भरमा भन्दा पनि उनले आफ्नो पदलाई पुरा समय टिकाउन अहिले बिश्वासको मत लिए सहज हुने भएकाले बिश्वासको मत लिन खोजेको हुनसक्ने आँकलनसमेत गर्न सकिन्छ ।