राजनीति

भीम रावल आक्रोशित, भन्छन्, ‘लुम्बिनी प्रदेश घटना प्रधानमन्त्रीको आडमा राजनीतिलाई निर्बस्त्र बनायो’

१९ बैसाख, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरूद्ध प्रस्तुतअविश्वास प्रस्तावका सन्दर्भमा राष्ट्रिय राजनीतिलाई निरवस्त्र तुल्याई संविधानकै मर्यादामा अघात पुग्नेगरी निजबाट भएका क्रियाकलापले लोकतन्त्र र राजनीतिक नैतिकताको धज्जी उडाएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रतिकृया दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीको छत्रछायामा अर्को पदलोलुप चर्तिकलाको संज्ञा दिएका छन् ।
आज लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका मुख्यमन्त्री शंकर पोख्रेललाई प्रदेश प्रमुखले अल्पमत भएपनि पुनः मुख्यमन्त्रीमा नियुक्त गरेको घटनामा आक्रोस पोख्दै नेता रावलले उक्त कडा प्रतिकृया दिएका हुन् ।
लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरूद्ध प्रस्तुतअविश्वास प्रस्तावका सन्दर्भमा राष्ट्रिय राजनीतिलाई निरवस्त्र तुल्याई संविधानकै मर्यादामा अघात पुग्नेगरी निजबाट भएका क्रियाकलापले लोकतन्त्र र राजनीतिक नैतिकताको धज्जी उडाएको छ। प्रमं केपीको छत्रछायामाअर्को पदलोलुप चर्तिकला!