पु.समाचार

थपिए ७ हजार २११ जना संक्रमित, २७ जनाको कोरोनाले लियो ज्यान

१९ बैसाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । १६ सय १२ जनाको कोरोना जितेर घर फर्किएका छन् भने २७ जना कोरोना संक्रमणका कारण ज्यान गुमाउन पुगेका छन् ।