पु.समाचार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले दिए पदबाट राजीनामा

१९ वैशाख, लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । ८७ सदस्यीय रहेको लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, माओबादी केन्द्र र जनता समाजबादीले मुख्यमन्त्री पोख्रेल बिरुद्ध बिश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
आज दिउँसो १ बजे हुने भनिएको प्रदेश सभा बैठक अघि नै मुख्यमन्त्री पोख्रेलले प्रदेश प्रमुख धर्मनाथ यादबलाई राजीनामा दिएका हुन् । सातै प्रदेशमा मुख्यमन्त्रीका बिषयमा बहस भईरहेपनि एमाले अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिएका पोख्रेल पहिलो पद धरापमा रहने मुख्यमन्त्रीको रुपमा देखिएका छन् ।