पु.समाचार

छोरा र पत्नि अन्जनासहित काँग्रेस नेता शंकर भण्डारीलाई कोरोना संक्रमण पुष्टी

१९ बैसाख, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, युवा नेता, तरूण विभाग प्रमुख एवम् पूर्वमन्त्री शंकर भण्डारीलाई कोरोना संक्रमण पुष्टी भएको छ । नेता भण्डारीकी धर्मपत्नि अन्जना भण्डारी र छोरालाई कोरोना सक्रमित भ्एको छ ।
नेता भण्डारीले आफू र आफ्नो परिवारलाई कोरोना संक्रमण पुष्टी भएको भन्दै पछिल्लो समयमा आफुसँग सम्पर्कमा आउनुभएकालाई कोरोना परीक्षण गराउन आग्रहसहित सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘म सहित मेरो परिवारका सदस्यहरूलाई कोरोनाको संक्रमण देखिएको हुँदा केही समय पार्टीका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरू संग सम्पर्कमा रहन असमर्थ रहेको जानकारी गराउँदछु । साथै मेरो सम्पर्कमा रहनु भएका पार्टीका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूलाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्दछु ।’