पु.समाचार

थपिए काठमाडौँ जिल्लामा मात्र एक हजार ९३२ सङ्क्रमित

१८ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा पाँच हजार ७६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल १४ हजार ९६९ नमूना परीक्षण गरिएकामा उक्त सङ्ख्यामा कोभिड–१९ पुष्टि भएको हो । यस्तै, उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या एक हजार २८७ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर ४० हजार १०३ जना होम आइसोलेशनमा रहेका छन् भने संस्थागत आइसोलेशनमा तीन हजार ११० रहेका छन् । पछिल्ला २४ घण्टामा दुई हजार ४५५ महिला र तीन हजार २५१ पुरुष सङ्क्रमति भएका छन् । काठमाडौँमा एक हजार ९३२ जना सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।
यस्तै, भक्तपुरमा २०८ र ललितपुरमा ३५५ सङ्क्रमित फेला परेका छन् । यस्तै, ४०१ जना आइसियुमा उपचाररत छन् भने ११० जना भेन्टिलेटर रहेका छन् । कूल वटा आइसियु श्ययाको कूल सङ्ख्या एक हजार २०३ रहेका छन् भने ५०८ वटा भेन्टिलेटर छन् ।