राजनीति

राप्रपा अध्यक्षत्रयको सरकारलाई आग्रहः संक्रमितहरुको निःशुल्क/सहज उपचार होस्

१८ बैशाख, काठमाडौं । राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शम्सेर राणा र प्रकाशचन्द्र लोहनीले देश यस वखत कोरोना महामारीको महासंकटमा भएको बताएका छन् । संयुक्त विज्ञप्ती जारी गर्दै विपतको यो राष्ट्रिय संकटसंग मुकाविला गर्न राष्ट्रको सवै राजनीतिक, आर्थिक, वौद्धिक र प्राविधिक शक्तिहरुलाई एकीकृतगरी प्रभावकारीरुपले तत्काल परिचालन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारसंग जोडदार आग्रह गरेका छन् ।
उनीहरुले अपील गरेका छन्, ‘संक्रमितहरुको निःशुल्क र सहज उपचार हुने व्यवस्था तत्काल मिलाई प्रभावकारी कुटनीतिक प्रयासद्धारा संसारको कुनै पनि देशबाट कोरोना विरुद्धको खोप उपलब्ध गराई सहजरुपले सम्पूर्ण नेपालीलाई खोप लगाइ हाल्ने प्रभावकारी व्यवस्था तत्काल गर्न नेपाल सरकारसंग राप्रपा हार्दिक अपिल गर्दछ ।
यस कार्यमा सरकारसंग आवश्यक समन्वय गरी सहयोग गर्न राप्रपा तयार रहेको छ ।’