अन्तर्राष्ट्रिय

भारतमा एकैदिनमा चार लाख भन्दा बढी थपीए संक्रमित, कोरोनाले ३५ सय २३ को निधन

१८ बैसाख, नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ४ लाख १ हजार ९ सय ९३ जना कोरोना संक्रमित थपीएका छन् । बिश्वको कुनैपनि मुलुकमा नथपीएको उक्र संख्याले नयाँ रेकर्ड राखेको छ । यसै समयमा ३५ सय २३ जना कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरु थपीएका छन् । आजसम्म भारतमा यसपछि कोरोनाका कारण निधन हुनेको संख्या २ लाख ११ हजार ८५३ पुगेको छ ।
कोरोनाको दोस्रो लहर सुरु भएसँगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा प्रभाव धेरै नै बढ्दो देखिएको छ । १५ करोड भन्दा बढीले बुधबारसम्ममा खोप लगाईसकेको अधिकारीहरुले स्पष्ट गरेका छन् ।