सामाजिक सञ्जाल

मजदुरको पसिनाबाट सांसद किनबेचमा लाग्ने राजनीतिक दलालबाट मजदुरको कहिल्यै हित हुँदैनः गुरुगं

१८ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुगंले राजनीतिका पुँजीपति दलालहरुबाट देश जोगाउन सके कजदुरको हक सुनिश्चित गर्न सकिने विचार ब्यक्त गरेका छन् । उनले मे प्रथमका दिन मजदुर दिवशको शुभकामना दिने क्रममा मजदुरको पसिनाले आर्जेको देशको ढुकुटीबाट सांसद नै किनबेच गर्ने राजनीतिका पुँजीपति दलालहरुबाट मजदुुरको भलो कदापि हुँदैन भन्ने ठोकुवासमेत गरेका छन् ।
उनको ट्वीटः मजदुरको पसिनाले आर्जेको देशको ढुकुटीबाट सांसद नै किनबेच गर्ने राजनीतिका पुँजीपति दलालहरुबाट मजदुुरको भलो कदापि हुँदैन। राजनीतिका पुँजीपति दलालहरुबाट देश जोगाउन सके कजदुरको हक सुनिश्चित गर्न सकिन्छ।
मजदुर दिवसको शुभकामना!