अन्तर्राष्ट्रिय

अफगानिस्तानमा नौ तालिवान लडाकू मारिए

१७ बैशाख, अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त लाघमानमा शुक्रबार भएको एक झडपमा परी नौ तालिवान लडाकू मारिएका छन् । यस भडपमा परी अन्य चार तालिबान लडाकू घाइते भएका सुरक्षा स्रोतले जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ ।

लाघमान प्रान्तको आलिशिङ जिल्लाको कोह्ना इलाकामा सुरक्षाबल र तालिबान लडाकूबीच सो झडप भएको थियो । यस झडपको क्रममा सुरक्षा अधिकारीहरु तालिबानले लडाकू समूहको हातहतियार समेत कब्जा लिएको जनाइएको छ ।

यसैगरी घोर प्रान्तमा तालिवान आफैले सडक किनारमा राखेको बम विस्फोटका परी छ तालिवान लडाकूको मृत्यु भएको पनि प्रकाशित विज्ञप्तिमा जनाइएको छ । करिब दुई दशकदेखि अफगानिस्तानमा विद्रोह गररहेका लडाकू समूह तालिवान भने यस विषयमा केही टिप्पणी गरेका छैनन् ।