आर्थिक

माग गरे भन्दा ५० प्रतिशत बढी आवेदन

१७ बैसाख, काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने चौथो सामूहिक लगानी कोष योजना NIBL Samriddhi Fund-II  को प्रति इकाई  १० अंकित दरको १२ करोड इकाई सार्वजनिक रुपमा निष्काशन बिक्री तथा खुल्ला गरिएको थियो । हालै सम्पन्न उक्त योजना NIBL Samriddhi Fund-II मा चार दिन भित्र नै माग गरे भन्दा ५० प्रतिशत बढी आवेदन प्राप्त भएको छ ।
हालको समयमा विभिन्न संस्थाहरुद्वारा सार्वजनिक रुपमा बिक्री तथा खल्ुला गरिएको सामूुहिक लगानी कोषमा सर्वसाधारणहरुले उल्लेखनीय सहभागीता जनाएका छन् । जसको उदाहरणका लागि हाल सम्पन्न NIBL Samriddhi Fund अन्तर्गत NIBL Samriddhi Fund-II मा परेको आवेदनले पनि पुष्टि गरेको छ ।
योजनामा सहभागिता जनाई यहाँहरुले दिएको साथ र सहयोगको कारण हामीलाई भोलिका दिनमा अझै बढी सशक्त र सबल रुपमा अगाडी बढ्ने हौसला मिलेको छ ।
यस योजनामा सम्पूर्ण लगानीकर्ताहरुले देखाएको उत्साहजनक सहभागिताको लागि सम्पूण लगानीकर्ताहरुमा एनआईबिएलले धन्यवाद व्यक्त गरेको छ ।