पु.समाचार

पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट निधन हुने ३३ जना, थपीए ५७ सय २७ जना संक्रमित

१७ बैसाख, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३३ जनाको निधन भएको छ भने संक्रमित हुनेको संख्या ५७ सय २७ पुगेको छ । १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट जम्मा मृतक संख्या हालसम्म ३ हजार २४६ पुगेको छ । आजको कोरोना संक्रमित संख्या नेपालमा कोरोना संक्रमित हुनेको अहिलेसम्मकै उच्च छ ।
आज कोरोना संक्रमित हुनेमध्ये उपत्यकामा २९ सय ५६ रहेको छ ।