पु.समाचार

निशेधाज्ञा उलंघन गर्ने तिनजना भए कारागार चलान

१७ बैसाख, रुपन्देही । रुपन्देहीमा निशेधाज्ञा उलंघन गर्ने तीनजनालाई एकमहिना जेल सजाय तोकिएको छ । पक्राउ परेका ८ जनामध्ये तीनजनाले ९ हजार १ सय धरोटी बुझाउन नसकेका कारण एक महिना कारागार चलान भएको बताएका छन् ।
रुपन्देहीको मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहारहरु कारागार चलान भएको डीएसपी सत्यनारायण थापाले पुष्टी गरेका छन् ।