सामाजिक सञ्जाल

गणतन्त्र अनैतिक, भ्रष्ट र ठगहरूको साधन बनेकोछः अध्यक्ष थापा

१६ बैसाख, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले गणतन्त्र अनैतिक, भ्रष्ट र ठगहरूको साधन बनेकोछ भनेका छन् । अध्यक्ष थापाले ट्वीटमार्फत भनेका छन्, ‘कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश सरकार हटाउनरजोगाउन जेजस्ता अमर्यादित हर्कत भैरहेका छन्, त्यसले संघिय लोकतान्त्रिक गणतन्त्रलाई निर्वस्त्र तुल्याएको छ।’ उनले संघियता बोझ मात्र होईन, राजनीतिक विकृतिको भण्डार साबित भएको बताएका छन् ।
अध्यक्ष थापाको ट्वीटः कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश सरकार हटाउनरजोगाउन जेजस्ता अमर्यादित हर्कत भैरहेका छन्, त्यसले संघिय लोकतान्त्रिक गणतन्त्रलाई निर्वस्त्र तुल्याएको छ। संघियता बोझ मात्र होईन, राजनीतिक विकृतिको भण्डार साबित भएको छ। गणतन्त्र अनैतिक, भ्रष्ट र ठगहरूको साधन बनेकोछ। पुनर्विचारगर्न ढिला नगरौं