पु.समाचार

कोरोनाबाट ३५ जनाको निधन, ४९ सय २८ जनामा संक्रमण पुष्टी

१६ बैसाख, काठमाडौं । कोरोना संक्रमणका कारण पछिल्लामे २४ घण्टामा ३५ जनाको निधन भएका छन् । पछिल्लो समयमा कोरोना संक्रमण बढीरहेका बेला नेपालमा ४९ सय २८ जना संक्रमित थपीएका छन् । १२५९७ पीसीआर परीक्षणमा ४८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना उक्त संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर आजबाट कोरोनाबाट निधन हुनेको संख्या ३२ सय ४६ पुगेको छ ।आजको कोरोना संक्रमणबाट निधन हुनेको एक दिनको संख्या अहिलेसम्मकै उच्च हो ।